फागुन ६. ताप्लेजुङ। जिल्ला कारागार ताप्लेजुङमा कैद भुक्तान गरिरहेका ३ जनाको सजाय मिनाहा भएको छ ।

ताप्लेजुङबाट कैद मिनाहाका लागि ३ जनाको सिफारिस पठाईएकोमा तीनै जनाले माफी पाएको जिल्ला कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासले जानकारी दिनुभयो । उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका विष्णुकुमार लिम्बू, आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीका टेकेन्द्र मास्के मगर र मेरिङदने गाउँपालिका २ का वसन्त श्रेङचोङवाको कैद सजाय मिनाहा गरिएको हो ।

हाङपाङका लिम्बू कुटपिट अङगभङ मुद्दामा २०७८ साल फागुन ३० गते कारागार चलान भएका थिए । उनलाई १ वर्ष ६ महिना कैद सुनाईएकोमा ११ महिना ६ दिन कैद भुक्तान गरि सकेको र बाँकी ६ महिना २४ दिनको सजाय मिनाहा गरिएको कारागार प्रमुख खवासको भनाई छ ।
फुलबारीका मगर ज्यान मार्ने उद्योग मुद्दामा २०७७ साल पौष १५ गते ४ वर्षका लागि कारागर चलान भएका थिए । मगरको १ वर्ष १० महिना ९ दिनको सजाय मिनाहा गरिएको छ । उनले २ वर्ष १ महिना २१ दिनको कैद भुक्तान गरेका छन् ।
यस्तै १३ वर्ष ४ महिनाका लागि २०७१ साल कात्तिक २ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका मेरिङदेनका श्रेङचोङवाङले ४ वर्ष ११ महिना २६ दिनको सजाय माफी पाएका छन् । उनले ८ वर्ष ४ महिना ४ दिन कैद भुक्तान गरिसकेका छन् ।

ताप्लेजुङ कारागारमा हाल १ सय ५२ जना कैदीले कैद भुक्तान गरिरहेका छन् । फागुन ४ गतेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसअनुसार ताप्लेजुङका ३ जना सहित मुलुकभरका ३ सय ९५ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा गरिदिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!