ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङको सिदिङबा गाउँपालिका ३ आङखोपमा भालुको आक्रमणबाट एक युवक घाईते भएका छन् ।
स्थानीय २१ वर्षीय फुर्वा तामाङलाई भालुले आक्रमण गर्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार घाईते तामाङको अहिले झापाको बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । गम्भिर घाईते भएका तामाङलाई स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि तत्काल थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो । तामाङलाई शनिबार भालुले आक्रमण गरेको स्थानीयले बताएका छन् ।







