ताप्लेजुङ । समृद्ध सिदिङबा नागरिक समाजद्वारा आयोजित सिदिङबा डान्स स्टारको उपाधि अस्मि लिङदेनले जितेकी छन् ।
प्रवासमा रहेका सिदिङ्वा बासी नागरिकहरु, संस्कृति संस्थान, स्थानिय नागरिक तथा समृद्ध सिदिङ्वा नागरिक एकता समाज र सिदिङबा गाउँपालिकाको आर्थिक सह्योगमा सञ्चालन गरिएको प्रतियोगिताको फाईनलमा प्रवेश गरेका १० जनामध्ये उत्कृष्ट प्रस्तुति दिदै सिदिङवा गाउँपालिका ६ मेहेलेकी लिङदेनले उपाधि जित्न सफल भएको कार्यक्रमका निर्देशक कमल कडरियाले जानकारी दिए । यस्तै प्रतियोगिताको उपवजेता ४ नं. वडा साब्लाखुकी नुमा तुम्बापो, तृतिय ३ नं. वडा आङखोपकी सुनिता लिङदेन भएका छन् । युना बुडाक्षेत्री र देबिका गौतमले सान्त्वना प्राप्त गरेको आयोजकले जनाएको छ । गत असोज ३ गतेबाट सुरु भएको प्रतियोगितामा चार ओटा श्रृङखला पार गर्दै उत्कृष्ट १० जना फाईनलमा पुगेका थिए ।
प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिले क्रमश नगद ३५ हजार, १५ हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको निर्देशक कडरियाले बताउनुभयो । साथै विजेता लिङदेनको तस्बिरलाई सम्मान स्वरुप गाउँपालिकाभरीको सरकारी कार्यालय समेत राखिने बताइएको छ । त्यस्तै सान्त्वना हुने दुई जना प्रतियोगिलाई ५–५ हजार रुपैँया प्रदान गरिएको आयोजकले जनाएको छ ।







