७ असोज, ताप्लेजुङ। पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आउन अब ४ दिन बाकी रहदा उत्तिकै बन्दको होहल्लाहरु पनि सामाजिक संजालमा छ्यापछ्याती भेटिन थालेको छ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकाय म्याराथन तथा महोत्सवका संयुक्त आयोजकको रुपमा रहेका निकायहरूले भने उक्त होहल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छन।
यदि महोत्सव बिथोल्ने कुनै पनि अराजक गतिविधि गरेमा स्थानीय प्रशासन ऐन २०२८, एवम् सम्क्षिप्त कार्यविधी ऐन २०२८ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको बिज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् बिज्ञप्ति:








