ताप्लेजुङ । प्रदेश १ का प्रमुख पर्शुराम खापुङको उपस्थितिमा बुधबार स्कुलको आफ्नै सभाहलमा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा,तत्कालिन जिल्ला शिक्षा कार्यालयमा रहेर लामो समय योगदान गरेका बिष्णुकुमार श्रेष्ठ र अन्य चारजनालाई प्रशंसापत्र प्रदान गरिएको हो ।
त्यस्तै बिदेशी भूमीमा अध्ययन गरी प्राप्त गरेको सीप स्वदेशमै खर्चिएर राष्ट्रप्रतिको सम्मान दर्शाएको भन्दै लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलले गायक तथा ईञ्जिनियर वीरेन्द्र श्रेष्ठ सहित ६ जनालाई कदरपत्र प्रदान गरेको हो ।
लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले लामो समय देखि शिक्षण पेशामा आबद्ध याममाया लिम्बू,अनिल भारती र सुरेन्द्र बस्नेतलाई समेत प्रशंसापत्र प्रदान गरिएको जानकारी दिनुभयो ।
गिरीका अनुसार लिम्बू २१ बर्ष ५ महिना,भारती १९ बर्ष ५ महिना र बस्नेतले ११ बर्ष ३ महिना देखि शिक्षण पेशामा आबद्ध रही सेवा पुर्याईरहेको बताउनुभएको हो ।
।







