काठमाण्डौ। सरकारले आगामी मंसिर चार गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव गराउने घोषणा गरेपछि चुनावकै चर्चा चुलिएको छ । गाउँ गाउँ तथा टोल टोलमा को बन्छ उम्मेद्धार र कसले जित्छ भन्ने अड्कलबाजी हुन थालिसकेको छ ।
दलहरुले हाल प्रतिनिधि छनौट गरिरहेका छन् । अहिले धेरैको नाम सिफरिस भइरहेको छ । आकांक्षि धेरै भएपछि दलहरुलाई पनि उम्मेद्धार छनौटमा निकै समस्या भइरहेको छ । इलाममा पनि पार्टीहरुले उम्मेद्धार छनौट गरिरहेका छन् ।
दुईवटा प्रतिनिधि सभा तथा चारवटा प्रदेश सभाका लागि इलामबाट उम्मेद्धार छनौट गर्ने काम चलिरहेको छ ।
नेपाली कांग्रसको तर्फबाट इलाम जिल्ला क्षेत्र नं – २ प्रदेश सभा क्षेत्र २ (क) को उम्मेद्धवारका लागी छ जनाको नाम सिफरिस भइरहेको छ । हाल गोविन्द गिरी, राजेन्द्र शर्मा, राजेन्द्र बास्तोला, पुर्णप्रसाद गौतम, निरोज खड्गी, प्रदिप अर्यालको नाम सिफरिसमा परेको छ । छ जना मध्ये अब एक जनाको नाम टुंगो लगाउनु पर्ने हुन्छ । गौगम र खड्गी जिल्ला सचिव हुन् । शर्मा पूर्व सचिव हुन भने गिरी पश्चिमी क्षेत्रका राम्रा नेता हुन् । अर्याल र वास्तोला युवा उमेरका राम्रा नेता मानिन्छन् । यस मध्ये पनि राजेन्द्र बास्तोलाको चर्चा बेसी छ ।
किनकी उनी यस अघि पनि देउमाई नगरपालिका ४ का वडाध्यक्ष थिए । निवर्तमान वडाध्यक्ष बास्तोला काठमाण्डौमा रहेर विद्यार्थी राजनिति गर्दै जिल्ला फर्किएका हुन् ।
राम्रो अध्ययन र क्षमतावान उनी जनतामाझ निकै लोकपृय समेत मानिन्छन् ।
सिफसिस भएका अन्य पनि नराम्रा भने हैनन । तर राजेन्द्र बास्तोलालाई पार्टीले टिकट दिए अन्य राजनैतिक दलबाट समेत भोट लिएर सहजै जित निकाल्न सकिने बताइएको छ । मतदाता सन्तोष राईले बास्तोलालाई कांग्रेसले टिकट दिए जित्ने विस्वास ब्यक्त गरे । उनले यस अघिको अनुभवलाई आगामी दिनमा कार्यान्वयन गर्दै अघि बढ्ने भन्दै युवा, क्षमता भएका र योग्य उम्मेद्धार राज्न्द्र नै भएको बताए ।
मंगलबारेमा युवा धिरेन श्रेष्ठले पनि राजेन्द्र बास्तोलाले टिकट पाउने विश्वास गर्दै सिफरिस भएकोमा खुसी ब्यक्त गरे । उनले युवाहरुको ढुकढुकी बनेका बास्तोलालाई जिताउन सके यस क्षेको विकास हुने बताएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट वडामा टिकट पाएर निर्वाचित भएका उनले वडामा समेत राम्रो कार्य गरेका थिए ।
देउमाइ वडा नम्वर चारका स्थाइ बासिन्दा उनी अध्ययनको लागि काठमाण्डौ बस्दा पार्टीका उच्च स्तरिय नेताहरुसँग समेत राम्रै छवि बनाएका ब्यक्ति हुन् ।
को हुन राजेन्द्र ?
नेपाली कांग्रेसको यस अघि १३ आँै महादिवेशनमा महादिवेशन प्रतिनिधि बनेका उनी सोहि बेला निकै चर्चामा थिए । देशकै कान्छो महादिवेशन प्रतिनिधिका रुपमा उनलाई चर्चा गरियो ।
२०५९ सालमा काठमाण्डौ स्थित त्रिचन्द्र कलेजमा इकाइ सदस्यबाट राजनिति सुरु गरेका उनी सोहि उपसभापती हुँदै कार्यबाहक सभापती समेत बने ।
नेपाल बिद्यार्थी संघ इलाम काठमाण्डौ सम्पर्क समितिमा १० वर्ष सभापती भएर काम गरेको अनुभवले अझ निखारेको उनी बताउँछन् । २०६२।०६३ सालमा भएको राजा बिरोधि अभियानमा उनले काठमाण्डौबाट नै आन्दोलन गरे । सो बेला उनी सक्त घाइते समेत बनेका थिए ।
आन्दोलनले नै गर्दा नेपाली कांग्रस तथा अन्य पार्टीले समेत उनलाई चिन्ने मौका मिलेको थियो । उनी जनआन्दोलनमा निकै सक्रिय थिए । उनले परिवर्तनका निम्ति निकै ठुलो बलिदानी दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय स्तरका नेताहरुसँग राम्रो उठबस भएका उनले २०६३ सालमा बितरण भएको क्रियाशिल सदस्य लिएको बताए । आइएसइ, बिएसइ त्रिचन्द्र कलेजबाट नै सकेका उनी नेपाली राजनितिमा राम्रो बिश्लेषण समेत गर्दछन् । नेता पारदर्शी बन्नुपर्ने मान्यता सहित अघि बढेका उनी क्षेत्रमा बिजय हुनेमा ढुक्क छन् ।
उनी २०७४ सालमा इलाम देउमाई नगरपालिका वडा नम्बर ४ बाट बिजयी बनेका हुन् । उनले वडाध्यक्ष भएर निकै राम्रो काम समेत गरेको वडाबासीहरु बताउँछन् । उनले स्वास्थ्य, शिक्षा, सिंचाई, सडक लगायतमा राम्रो काम गरेको वडाबासीहरुको भनाई छ । त्यसैले पनि जिल्लामा उनको चर्चा निकै चुलिएको छ ।







