३१ जेठ, ताप्लेजुङ । जिल्ला सन्वय समिति ताप्लेजुङको प्रमुखमा छिरिङ लामा विजयी हुनु भएको छ ।

१८ मत मध्ये लामाले १० मत प्राप्त गर्दै विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिष्पर्धी पुर्व समन्वय समिति प्रमुख नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत पाउनु भएको थियो । निर्वाचित लामा गठबन्धन तर्फ नेकपा एकिकृत समाजवादीबाट उमेद्वार रहनु भएको थियो ।

यस्तै उपप्रमुखमा फुङलिङ नगरपालिका १० का नेपाली कांग्रेसबाट निर्वाचित कृष्ण प्रसाद लिङखिम विजयी हुनु भएको छ । उपप्रमुखका लागि लिङखिमको एकल उमेद्वारी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!