ताप्लेजुङ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले मृत्युदावी भुक्तानी गरेको छ । जिल्लाको मैवाखोला गाउपालिका–४ का मृतक सविन शेर्पाको परिवारलाई कम्पनीले बीमा बापतको ५ लाख २२ हजार ५ सय रुपैँया बराबरको चेक प्रदान गरेको ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ प्रमुख मिलन दाहाल र ताप्लेजुङ÷फिदिम शाखाका इन्चार्ज ङिमा शेर्पाले संयुक्त रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
मृतक शेर्पाले ताप्लेजुङ शाखाबाट ५ लाख विमाङक रकम बराबरको बीमा गरेका थिए । छोराले बीमा गरेर दावी भुक्तानी रकम पाएकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्दै सो रकमले परिवारलाई थप राहत पुगेको र सबैलाई विमा गर्न शेर्पाले अनुरोध गर्नुभयो । भुक्तानी कार्यक्रमका विच जन्म निश्चित रहेको र मृत्यु अनिश्चित भएकाले पनि जीवन बीमाले दुःखको बेला परिवालाई ठुलो मद्दत गर्ने कुरालाई दर्शाउदै बीमाको महत्व बारे प्रदेश प्रमुख मिलन दाहालले प्रकाश पार्नुभयो ।
कार्यक्रममा कम्पनीका प्रदेश १ प्रमुख दाहाल, ताप्लेजुङ÷फिदीम शाखाका इन्चार्ज शेर्पा, ताप्लेजुङ शाखा प्रमुख गुरुङ, अपरेशन इन्चार्ज दुर्गामाया कार्की, सिनियर एजेन्सी मेनेजर पेम्बा ओङदी शेर्पा, एजेन्सी मेनेजर सुमन शेर्पा, दिनेश तामाङ लगायतको उपस्थिति रहेको थियो ।







