१३ बैशाख, ताप्लेजुङ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को २० औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन “इच्छुक” पत्रकारीता पुरस्कार घोषणा गरेको छ।
रु. दुई लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट जिल्लामा उत्कृष्ट व्यवसायीक पत्रकारीता गर्ने कृयाशिल पत्रकारलाई आगामी बर्ष बाट सो पुरस्कार प्रदान गरिने प्रेस सेन्टर नेपाल ताप्लेजुङका अध्यक्ष जीवन कालिकोटेले जानकारी दिनुभएको छ।
विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो। विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहेका थिए।







