२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा नेपाली कांग्रेसका क्षितिज सुनुवार सहित प्यानल नै विजय भएका छन् । नेपाली काङ्ग्रेसका प्रतिद्धन्दी नेकपा एमालेका भोलानाथ पौडेललाई ३ सय १९ मतले पछि पार्दै विजय हासिल गरेका हुन्। पौडेलले ३ सय ४६ मत प्राप्त गरेका छन् । दुई खुल्ला तथा एक महिला र दलित सदस्य पनि नेपाली कांग्रेसका विजयी भएका हुन् ।







