ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा नं. १ खोक्लिङमा एक युवक मृत फेला परेका छन । बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा जादै गरेका २४ वर्षिय बिमल कार्की खुर्साने पाखामा मुत फेला परेका हुन ।
तेल्लाबुङ कन्ट्रक्सन प्रालीमा जेसीभी अपरेटर काम गर्दै गरेका कार्की हिजो मात्र निर्वाचनमा मतदान गर्नका लागि छुट्टी लिएर घर फर्कदै थिए । बेलुका हान्द्रुङबाट परिवार संग सम्पर्कमा रहेका कार्की ८ बजे सम्म घर नपुुगेपछी खोज्न आउदा मृत फेला परेको मृतकका बुबा भिम प्रसाद कार्कीले बताउनु भयो ।
घटनाको जानकारी प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली परिचालन गरिएको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक कुशाराम कार्कीको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।etaplejung.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!