काठमाडौँ — स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । १ सय ७० पदमा भने उम्मेदवारी नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्विरोध निर्वाचित हुने विभिन्न पद रहेपनि उम्मेदवारी नै नपर्ने भने सबै दलित महिला वडा सदस्यका रहेको आयोगको भनाइ छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो । ‘सात सय ५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता भएको छैन,’ आयोगले भनेको छ । त्यस्तै, तीन सय ५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको पनि आयोगले जानकारी दिएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो ।

ताप्लेजुङमा आगामी ५ वर्षका लागि १० जना जनप्रतिनिधि निर्वीरोध चयन

दुर्गम गाउँ ओलाङचुङगोलाका वडाध्यक्ष सहित ५ जना निर्वीरोध निर्वाचित भएको ताप्लेजुङमा थप ५ जना सदस्य निर्वीरोध हुनु भएको छ ।

पछिल्लो समय निर्वीरोध हुनेमा १ महिला सदस्य र ४ दलित महिला सदस्य रहनु भएको छ । यो सहित ताप्लेजुङमा निर्वीरोध हुनेको संख्या १० पुगेको छ । पछिल्लो समयमा निर्वीरोध हुने ५ सदस्यमा काँग्रेसका ३,एमाले र माओवादी केन्द्रका १–१ जना रहेका छन् । दल केन्द्रित भएपनि फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष सहित ५ जनाले नै स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको थियो । जिल्ला निर्वाचन कार्यालयले शुक्रवार राति प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार फुङ्लिङ नगरपालिका वडा नं ५ मा एमालेबाट उम्मेदवारी दिनु भएकी महिला सदस्य गंगा दर्नाल निर्वीरोध हुनु भएको छ ।

काँग्रेसबाट सिरिङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिनु भएका क्रमशःसीतादेवी सार्की र लक्षीमाया बिक निर्वीरोध हुनु भएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपमा काँग्रेसबाट उम्मेदवारी दिनु भएकी मञ्जु कामी पनि निर्वीरोध हुनु भएको छ । यस्तै मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएकी सरिता गहते दलित महिला सदस्यमा निर्वीरोध हुनु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!