७ बैशाख, ताप्लेजुङ। नेपाली कांग्रेस ताप्लेजुङले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ र नेकपा माओवादी केन्द्रका जिल्ला सम्योजक बिष्णुकुमार हाङबाङले अहिले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको हो ।
यता एकीकृत समाजवादी पार्टीको तर्फबाट भने घोषणा सभामा कोहि पनि उपस्थिति रहेको थिएन।
यस्तो छ गठबन्धनको भागबण्डा
१. मैवाखोला गाउँपालिका – अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस
२. आठराई त्रिवेणी गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
३. मिक्वाखोला गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
४. मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष नेकपा एस
५. फक्ताङ्लुङ गाउँपालिका – अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस
६. फुङ्लिङ नगरपालिका – मेयर, नेपाली कांग्रेस, उपमेयार माओवादी केन्द्र
७. पाथिभरा याङ्वरक गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
८. सिदिङ्वा गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
९. सिरीजंघा गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
जिल्ला समन्वय समिति प्रमुख – माओवादी केन्द्र, उपप्रमुख नेकपा एस







