१ बैशाख, ताप्लेजुङ। नागरिक दैनिक ताप्लेजुङका रिपोर्टर तथा ताप्लेजुङको एकमात्र उज्यालो पोष्ट दैनिक पत्रिकाका सम्पादक खगेन्द्र अधिकारी जनसेवाश्री पञ्चम श्रेणीद्वारा सम्मानित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव र जनताको हित अभिवृद्धि गर्ने कार्यमा योगदान पुर्याएकोमा पत्रकार अधिकारी सम्मानित हुनुभएको हो ।
राष्ट्रपति कार्यालय सितल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई सम्मानपत्र र पदक प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले पत्रकार अधिकारीसहित देशभरबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको छ ।यस अघि भर्खर मात्र अधिकारी श्रीजङ्घा गाउँपालिकाबाट उत्कृष्ट पत्रकारको रुपमा सम्मानित हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!