इलाम: आगामी बैशाख २० गते सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको छ । जसका लागि धेरैले आ आफ्नो पालिकामा दावी प्रस्तुत गर्न थालिसकेका छन् । इलाम देउमाई नगरपालिकामा वडा नम्वर चारका वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले मेयर पदमा आफुले पनि दावि गर्न थालेका छन् । उनको नाम चर्चाका अगाडी छ । वडा नम्वर चारका निर्वाचित वडाध्यक्ष भएर बिताएको चार वर्षे अनुभवलाई उनी नगरमा देखाउन खोजीरहेका छन् ।
नेपाली कांग्रेसबाट वडामा निर्वाचित भएका उनी सफल कार्यकाल पश्चात सिंगो नगरपालिकालाई समृद्ध बनाउन उनले उम्मेद्धारी दिन लागेको बताएका छन् । त्यसो त उनी यस अघि पनि देउमाईको कान्छो वडाध्यक्ष भएर निर्वाचित भए । सानै उमेरमा राजनितिमा चर्चाको शिखरमा रहेका उनले यस अघि पनि पार्टी र नेपाल बिद्यार्थी संघमा रहेका सफल कार्यकाल बिताई सकेका छन् । देउमाइ वडा नम्वर चारका स्थाइ बासिन्दा उनी अध्ययनको लागि काठमाण्डौ बस्दा पार्टीका उच्च स्तरिय नेताहरुसँग समेत राम्रै छवि बनाएका ब्यक्ति हुन् ।
को हुन राजेन्द्र ?
नेपाली कांग्रेसको यस अघि १३ आँै महादिवेशनमा महादिवेशन प्रतिनिधि बनेका उनी सोहि बेला निकै चर्चामा थिए । देशकै कान्छो महादिवेशन प्रतिनिधिका रुपमा उनलाई चर्चा गरियो ।
२०५९ सालमा काठमाण्डौ स्थित त्रिचन्द्र कलेजमा इकाइ सदस्यबाट राजनिति सुरु गरेका उनी सोहि उपसभापती हुँदै कार्यबाहक सभापती समेत बने ।
नेपाल बिद्यार्थी संघ इलाम काठमाण्डौ सम्पर्क समितिमा १० वर्ष सभापती भएर काम गरेको अनुभवले अझ निखारेको उनी बताउँछन् । २०६२।०६३ सालमा भएको राजा बिरोधि अभियानमा उनले काठमाण्डौबाट नै आन्दोलन गरे । सो बेला उनी सक्त घाइते समेत बनेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय स्तरका नेताहरुसँग राम्रो उठबस भएका उनले २०६३ सालमा बितरण भएको क्रियाशिल सदस्य लिएको बताए । आइएसइ, बिएसइ त्रिचन्द्र कलेजबाट नै सकेका उनी नेपाली राजनितिमा राम्रो बिश्लेषण समेत गर्दछन् । नेता पारदर्शी बन्नुपर्ने मान्यता सहित अघि बढेका उनी क्षेत्रमा बिजय हुनेमा ढुक्क छन् ।
उनी २०७४ सालमा इलाम देउमाई नगरपालिका वडा नम्बर ४ बाट बिजयी बनेका हुन् । उनले वडाध्यक्ष भएर निकै राम्रो काम समेत गरेको वडाबासीहरु बताउँछन् । उनले स्वास्थ्य, शिक्षा, सिंचाई, सडक लगायतमा राम्रो काम गरेको वडाबासीहरुको भनाई छ । त्यसैले पनि जिल्लामा उनको चर्चा निकै चुलिएको छ ।







