सरकारले पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबेलाई नियुक्त गरेको छ। आइतार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ सिरिजंघाका थेबेलाई नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए।
बैठकले मन्त्री आलेको भारत भ्रमणसमेत स्वीकृत गरेको छ। विकास समितिले ताप्लेजुङस्थित पाथिभरा मन्दिर क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्धनका लागि काम गरिरहेको छ। समितिका तत्कालिन अध्यक्ष पुष्प बरुवालको कोरोना संक्रमणका कारण जेठमा निधन भएपछि सो पद खाली थियो। नवनियुक्त अध्यक्ष थेबे नेकपा एकीकृत समाजवादी ताप्लेजुङका उपसचिव हुन्।







