२ चैत, विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले खेल क्षेत्रमा लगानी बढाउन आवस्यक भएको बताउनुभएको छ । मानव जीवनमा खेलकुदको महत्व हुँदाहुँदै पनि सम्बन्धित क्षेत्रले ध्यान दिन नसक्दा नेपालको खेल क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन नसकेको बताउनुभयो ।

आज विराटनगरमा सम्पन्न मिल्स कप खुल्ला क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले विषयगत क्षेत्रले विशेष ध्यान दिन जरुरी भएको बताउनुभयो । मानव स्वास्थ्यको हित र राष्ट्रको गरिमा उच्च राख्न मात्रै नभई खेल क्षेत्रले आपसी सद्भाव, अनुशासन, मर्यादित जीवनयापन कायम राख्न पनि मद्धत गर्ने भएकाले खेल क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्नेमा उहाँको जोड छ । सामाजिक परिवर्तन, शान्ति र आपसी समझदारीमा खेल क्षेत्रको धेरै महत्व रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कतिपय क्षेत्रमा राज्यले खेलकुदका लागि दिएको बजेट सदुपयोग हुन नसक्दा समेत समस्या सृजना हुने गरेको पाईएको उहाँको भनाई थियो । यस्तै नेपाली खेलाडीको मनोवल उच्च राख्दै उदयीमान खेलाडीलाई अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन आफ्ना तर्फबाट सक्दो पहल गर्ने पनि उहाँले बताउनुभएको छ । उक्त प्रतियोगिताका लागि उहाँले व्यक्तिगत तवरबाट नगद १ लाख रुपैँया समेत सहयोग गर्नुभयो ।

विराटनगर स्थित जुटमिलको खेल मैदानमा भएको प्रतियोगितामा भारतको समशेर क्रिकेट क्लबलाई ६ रनले हराउँदै पुर्वाञ्चल क्रिकेट क्लब विराटनगरले प्रतियोगितको उपाधी हात पारेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर १६ ले आयोजना गरेको प्रतियोगिताको बिजेता टिमलाई मन्त्री हाङ्गामले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । बिजेता टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार रुपैँया हात पारेको छ भने उपबिजेता टिमले ट्रफी तथा प्रमाणपत्र सहित ५१ हजार रुपैँया पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!