६ माघ, ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ खाम्लुङमा बिहिबार ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजाराम यादवले जानकारी दिनुभएको छ।

सावाँबाट दोभानतर्फ अलैंची र तेलको खाली ड्रम लिएर आउदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर अनियंत्रित भै दुर्घटना भएको थियो।

ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा मेरिङ्देन गाउँपालिका १ का ४५ बर्षिय च्याप्जु भन्ने निमा शेर्पाको घटनास्थल मै मृत्यु भएको छ भने सोही ट्याक्टरका चालक र सहचालक गम्भीर घाइते भएको र थप उपचारको लागि जिल्ला बाहिर लगिएको यादवले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!