हरेक वर्षको पुस २९ गते यो दिवस विशेषगरी पूर्वी तराईका राजवंशी समुदायले मनाउने गर्छन् । राजवंशी समुदायमा छोरीचेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ ।
भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडो याम शुरुहुनासाथ गल्ली गल्ली चोक चोकमा बिहान सबेरै भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार विहानको नास्ताको रुपमा जो कोहीले खुवै मनपराएर खाने चलन छ ।
कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालमा साधारण सभामार्फत पुष २९ लाई राष्ट्रिय भक्का दिवस मनाउने निर्णय गरेको थियो ।







