जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अर्को सूचना जारी नभए सम्मका लागि २५ जनाभन्दा बढी मानिसहरु भेला हुन प्रतिबन्ध गरेको छ। मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना गर्न नपाइने जनाए।

पाण्डेका अनुसार अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र सञ्चालन गर्न पाइने भएको छ। प्रशासन कार्यालयले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिका कार्यक्रमहरु नगर्न सूचित गरेको छ।

आउँदो माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ। सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड बिरुद्धको खोप लगाएको कार्ड आफ्नो साथमा अनिवार्य राख्न सबैलाई आग्रह गरिएको छ।

उल्लेखित निकायहरुले पनि खोप कार्ड भएका मानिसहरुलाई मात्र प्रवेश अनुमति दिनुपर्ने प्रशासनले भनेको छ। प्रशासन कार्यालयले १२ वर्ष भन्दा माथिका नागरिकले अनिवार्य रुपमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी कोरोना बिरुद्धको खोप अनिवार्य लगाउन समेत प्रशासन कार्यालयले सबैलाइ सूचित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!