ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धामा रहनुभएका बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे अध्यक्षमा निर्वाचित हुनुभएको हो । थेबेले ३२९ मत प्राप्त गर्नुभएको छ भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको छ ।

यता उपाध्यक्षमा सन्तोष खतिवडा निर्वाचित हुनुभएको छ । उहाँले ३३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी मातृका भट्टराईले २४६ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा केशरकुमार मेन्याङ्बो २९६ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मंगलसिं केदेमले भने २८० मत प्राप्त गर्नुभयो । उपसचिवमा मणीशंकर पोमु र दिपेन्द्र पोमु (दिपेन) निर्वाचित हुनुभएको छ । उहाहरुले क्रमशः २७७ र ३८३ मत प्राप्त गर्नु भयो ।

उपसचिवमा प्रतिस्पर्धामा रहेका लिलाचक्र गुरुङ र सन्तोष चोङ्वाङले भने क्रमस २५८ र १८२ मत प्राप्त गरेको जनाईएको छ । एमाले ताप्लेजुङको ११ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा ६३५ जनाले मतदान गरेका थिए ।

यसैबीच खुला सदस्य तर्फ १३ जना, महिला तर्फ ६ जना, दलित तर्फ ३ जना र भुगोल तर्पmको २ जना सदस्यका लागि निर्वाचन भएको थियो । नौँ वटा स्थानीय तह मध्ये फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका बाहेकका अन्य तहबाट आउने भुगोल तर्फको सदस्य सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!