संविधान सभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का सभासद सुवास नेम्बाङले निजी तथा आवासीय विद्यालय प्याप्सनले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको भन्दै हजारौ जनालाई रोजगारी दिएको बताएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल इलामको ९ औ जिल्ला अधिवेसनको उद्घाटनमा बोल्दै नेम्बाङले शिक्षामा प्याप्सनले रोजगारी दिएको बताएका हुन । हरेक विद्यालयमा शिक्षक शिक्षिकालाई अध्यापन गराएको र शिक्षामा ठूलो योगदान दिएको बताए । पछिल्लो समय सरकारी भन्दा निजी विद्यालय प्रतिस्पर्धामा रहेको भन्दै नेम्बाङले प्याप्सनले पढाईमा मात्र नभएर विभिन्न क्रियाकलापमा अग्रसर रहेको बताए । उनले महिले पढेको बेला विद्यालय खोज्दै जानुपर्नेमा अहिले विद्यालय रोज्दै पढ्न पाउने बताए । प्याप्सनले हजारौ जनालाई रोजगारी श्रीजना गर्नुका साथै लाखौ विद्यार्थीहरुलाई शिक्षा दिएको भन्दै प्याप्सनका समस्या समाधानमा सँधै आफू लागिरहने बताए । पहिले सरकारी विद्यालय पनि पर्याप्त नभएको र अध्ययनको लागिे धेरै विद्यार्थी विदेश जानुपरेको भन्दै पढाईका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए । आफू पढ्दा इलाममा एउउटा मात्र हाईस्कुल भएको र दुख गरेर पढेको भन्दै नेम्बाङले अहिले निजी विद्यालयमात्र २१ वटा रहेको हुँदा पहिलेको जस्तो दुख नरहने बताए ।
कार्यक्रममा प्याब्सनले लामो समयदेखि संस्थागत बिद्यालयमा रहेका तीनजना शिक्षक शिक्षिकालाई सम्मान गरेको छ । ३१ बर्षदेखि नजी बिद्यालयमा कार्यरत ज्योती सदन बोडिङ स्कूलका शिक्षक सूर्य खवास, २८ बर्षदेखि कार्यरत सूर्योदय शिक्षा सदनका शिक्षक पदम राई र २३ बर्षदेखि कार्यारत ग्रिनभ्यालि एकाडेमीकी शिक्षिका चन्दा प्रधान रञ्जितकारलाई सम्मान गरेको हो । यस्तै प्याब्सनको उत्कृष्ट नगर कार्य समितिको रुपमा देउमाई नगर कार्य समिति र प्याब्सनमा आबद्ध उत्कृष्ट निजी बिद्यालयको रुपमा सन्दकपुर गाउँपालिका ३ को माईपाखरी एकाडेमिलाई प्रशंसा पत्र प्रदान गरिएको छ । जिल्लामा एकसय १८ वटा निजी बिद्यालय भएपनि ९३ वटा बिद्यालय मात्र प्याब्सन इलाममा आबद्ध रहेको छ । ती बिद्यालयमा २० हजारको हाराहारीमा बिद्यार्थी र २ हजारको हाराहारीमा शिक्षक कर्मचारी रहेको बताइएको छ । प्याब्सनले प्रकाशन गरेको प्याब्सनको इतिहास समेटीएको प्याब्सन रिभ्यू इलाम नामक स्मारीकाको पनि बिमोचन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!