ताप्लेजुङ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल चयन भएकाछन् ।

शनिवार सम्पन्न ८ औं जिल्ला अधिबेशनले सर्वसहमतीमा नेतृतव चयन गरेको हो । जसको उपाध्यक्षमा देबराज गुरुङ, सचिवमा तरुण भारती, कोषाध्यक्षमा चन्द्र बहादुर मादेन, तीनजना सदस्यमा हरिप्रसाद पौडेल, सरोज थापा र अनुपमा प्रधान रहेकाछन् । यस्तै अधिवेशनले काजीमान पालुंवा र युवराज गिरीलाई महाधिवेशन प्रतिनिधीमा चयन गरेको सचिव तरुण भारतीले जानकारी दिनुभयो । हाल प्याब्सन ताप्लेजुङमा जिल्लाका २७ वटा निजी विद्यालय आवद्ध छन् ।

यसअघि फुङ्लिङ नगरप्रमुुख छत्रपति प्याकुरेलको प्रमुख आथित्यतामा सम्पन्न प्याब्सनको उद्घाटन सत्रमा शिक्षक महासंघ, बिभिन्न पेशागत संघ÷संगठन, शिक्षा विकास तथा समन्वय इकाइ, पालिकाका शिक्षा अधिकृत, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु तथा पत्रकार महासंघ लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रलाइ सम्बोधन गर्ने अधिकाँस बक्ताहरुले ताप्लेजुङ प्याब्सनको विगतको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत रचनात्मक कार्य गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!