ताप्लेजुङ, पौष १६ गते । बुधबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङले आफ्ना अभिकर्ता,एजेन्सी मेनेजरहरुलाई पुनर्ताजगी तालिम दिएको छ। सदरमुकाम फुङ्लिङ बजारमा रहेको स्नो लिओपार्ड होटलमा सन्चालन गरिएको एक दिने उक्त तालिममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिइओ कवि फुँयाल र प्रदेश १ का प्रमुख कर्मराज पौडेलको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा कम्पनीले उत्कृष्ट विमा गराउने १९ जना अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ । अभिकर्ताहरुलाई सम्मान गरेको ताप्लेजुङ शाखा प्रमुख ङिमा शेर्पाले बताउनुभयो ।

यसैविच पुनर्ताजगी कार्यक्रममा ताप्लेजुङ शाखाका अभिकर्ताहरुलाई साथै नयाँ अभिकर्ता बन्न चाहाने व्यक्तिलाई समेत प्रशिक्षण प्रदान गरिएको शाखा प्रमुख शेर्पाले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र प्रदेश १ का प्रमुख कर्मराज पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विमाको महत्व, उदेश्य र सफल अभिकर्ता बन्नको लागि अपनाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय