१३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ओली सरकारले गरेको संसद विघटनका बिरुद्ध देशैभरी प्रदर्शन गर्दै छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीद्धारा गरीएको संसद बिघटनको बिरुद्ध यसअघि नै आन्दोलनको घोषणा गरेको थियो ।

कांग्रेसले आज संसद् विघटन विरुद्ध १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । साथै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर ओली सरकारको उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न कांग्रेस सभापती शेरबहादुर देउवाले अपिल समेत गरिसकेका छन् ।

संबिधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना बिपरितको कार्य बिरुद्ध कांग्रेस सम्पुर्ण रुपले एकमतका साथ उभिएको भन्दै आजको प्रदर्शनलाई सफल पार्न कांग्रेसले अपिल गरेको छ ।

ओलीले संसद बिघटन गरेको बिरोधमा यतिबेला मुलुकमा दैनिकजसो प्रदर्शनहरु भईरहेका छन् । संसद बिघटनको बिरोध जनाउँदै सत्तारुढ नेकपाकै दाहाल–नेपाल पक्ष, जनता समाजवादी पार्टी लगाएत बिरोधमा उत्रिएका छन् भने कांग्रेसले आज देशैभरी बिरोध प्रदर्शन गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय