एजेन्सी पुष ४ । अहिलेको विश्व महाशक्ति खास गरी चीन र अमेरीकाबीचको टकराव व्यापार, कुटनीति एवं राजनीतिक र सैन्य तथा प्राविधिक क्षेत्रमा बढीरहेको छ । यसको प्रभाव अव अन्तरीक्षमा पनि देखा पर्न थालेको छ ।
चन्द्रमामा हालै चीनले पठाएको यान चागं ई ५ ले २३ औं दिनमा चन्द्रमाको दुई किलो माटो र चट्टान लिएर फर्किएको केही समय वित्न नपाउदै अमेरीकाले चन्द्रमामा परमाणु केन्द्र बनाउने महत्वकांक्षी परियोजना सार्वजनिक गरेको छ ।
बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतामा हस्ताक्षर गरेका छन् । यस अनुसार सन् २०२७ सम्ममा अमेरीकाले चन्द्रमामा परमाणु केन्द्र बनाउने लक्ष्य राखिएको छ । अमेरीकाको यो लक्ष्यलाई यो निर्देशिकालाई स्पेस पोलिसिी डिरेक्टीभ ६ भनेर चिनिन्छ ।
चीनीया अन्तरीक्ष र सैन्य विज्ञहरुले भने अमेरीकाको अन्तरीक्षमा सुप्रिमेसी कायम राख्ने हर्कतले चन्द्रमामा परमाणु केन्द्र बनाउनुको अर्थ भविष्यमा परमाणु हतियारको विकास गर्नु हो, यसले मानवजातिलाई ठूलो नोक्सानी पुर्याउन सक्छ भनेका छन् ।
चन्द्रमामा हिलियिम ३ अत्याधिक मात्रामा रहेको र त्यसले फ्युल र ईनर्जि उत्पादन हुने भएकाले यसले न्युक्लियर फ्युज बनाउन मद्धत पुर्याउछ । त्यसैले चन्द्रमामा परमाणु केन्द्र बनाउने अमेरीकाको उदेश्य सैन्य रणनीतिको रुपमा हेर्न सकिने सोगं झोगं पिगंले बताए ।
चीनीया विज्ञहरुले यो योजना अन्तरीक्षमा पनि एकाधिकार कायम गर्ने अमेरीकी प्रयासको रुपमा रहेको औल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय