काठमाडौँ। पछिल्लो २४ घण्टामा मुलुकभर ८३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यसैगरी गत २४ घण्टामा एक हजार ५०० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ३५ हजार ७३१ पुगेको छ। नेपालका हालसम्म दुई लाख ४८ हजार ४२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल मुलुकभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन्।

यसैगरी पछिल्लोे २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६९८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!