नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन मागेका छन् ।
शनिबार ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटगरी राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गरेका हुन् ।
भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एसियन खेलकुदका लागि साउदी अरबलाई सघाउन आग्रह गरेको बताए ।
साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने बताए । अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाइने समेत बताए । यसअघि आयोजनाकाे दावेदारी गरेको कतारले पनि नेपालको साथ खोजेको थियो ।
साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ । हाल सम्म कतार र साउदी अरबयाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय