
मंसिर २५, ताप्लेजुङ ।
जिला अस्पताल ताप्लेजुङले अत्यावश्यक सेवा बाहेकका अरु सेवा केही दिनलाइ बन्द गरेको छ ।
ताप्लेजुङ जिल्ला अस्पतालका दुई स्वास्थ्यकर्मी लगायत उपचार गराएका तीन जना बिरामी र १ जना अन्यमा कोभिड १९ को संक्रमण थप देखिए पछि अस्पतालमा अत्यावश्यक सेवा बाहेक अरु सेवा केही दिनका लागि ठप्प गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले जानकारी दिनुभएकोछ।