
३ बैशाख, ताप्लेजुङ। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले बिहीबार ताप्लेजुङका ६५ आगलागि पीडित परिवारलाई राहत प्रदान गरेको छ । दोभान बजारका ६० र अन्य क्षेत्रका गरि ६५ परिवारलाई ६ लाख रुपैँया राहत प्रदान गरेको हो ।
जिल्ला कार्य समिति ताप्लेजुङ मार्फत विहिबार प्रति परिवार ९ हजारदेखि १८ हजारका दरले नगद वितरण गरिएको काँग्रेसले जनाएको छ । दोभान बजारमा आयोजित राहत वितरण कार्यक्रममा काँग्रेस जिल्ला स्तरीय नेताहरु लीलादेवी बोखिम, दिपेन्द्र सेन्दाङ, केशव दाहाल, गजेन्द्र तुम्याहाङ, छवि गुरुङ, मंगल मेन्याङ्वो, अमिर मादेन, युवराज गुरुङ, बलबहादुर तामाङ, डम्बर हाङ्गाम लगायतले राहत रकम हस्तान्तरण गरेका थिए ।
यसैबीच त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका पार्कल देवान लगायतको अगुवाईमा अगुवाईमा संकलित ६० हजार रुपैँया समेत सोहि कार्यक्रमकाबीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागिबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए ।