
विराटनगर। प्रदेश १ को हिँउदे बैठक आज पनि स्थगित भएको छ । आज (सोमबार) बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो । योसँगै प्रदेशसभा बैठक लगातार तीनपटक बैठक स्थगित भएको हो ।
प्रदेश १ को जारी सातौं हिउँदे अधिवेशनमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारु गर्नुपर्ने, बहुवर्षे विकासका योजनाका काम सुचारु गर्नुपर्ने मागसहित प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गर्दै आएका छन् ।
उक्त समस्या समधानका लागि आइतबार सभामुख प्रदीपकुमार भण्डारीले बैठक बोलाएको भए पनि मुख्यमन्त्री राई बैठकमा उपस्थित नभएपछि छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।