२५ चैत्र, ताप्लेजुङ ।
ताप्लेजुङमा पत्रकार महासंघको मतदान सकिएको छ । जम्मा ६० सदस्यीय रहेको जिल्लामा ५३ मत ८८ . ३३ प्रतिशत मत मात्र खसेको छ भने मत परिणाम पनि आजै आउने संयोजक मनमणि काफ्लेले जानकारी दिनुभयो ।

जिल्लामा नौ पदका लागि मतदान भएको छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य र केन्द्रिय परिषद सदस्यका लागि मतदान हुन लागेको निर्वाचन समिति संयोजक मनमणि काफ्लेले जानकारी दिनुभयो । यस अघि ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

जसमा उपाध्यक्ष कमल प्रसाद भट्टराई, महिला उपाध्यक्ष गंगा लिङखिम, सह–सचिवद्वय बसन्त पालुङवा र संगिता कार्की, महिला सदस्य, छिरिङ डोमा शेर्पा, दलित सदस्य जिवन कालिकोटे, आदिवासी जनजाति सदस्य सुर्य प्रसाद लिम्बु, अन्य समावेसी सदस्य सुर्य गुरुङ, महिला केन्द्रिय परिषद सदस्य सीता निरौला, प्रदेश परिषद सदस्य सजन पौडेल र अम्बिका हाङवाङ, प्रदेश परिषद सदस्य महिला तर्फ अमृता थलङ र समावेशी तर्फ सन्तोष कुमार सार्र्की रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय