
१६ चैत, काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको ए’सिड छ्याप्दा तीनजना घाइते भएका छन् ।
शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा ए’सिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई प’क्राउ गरेको छ ।
प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने ए’सिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको ए’सिड परेको बताइएको छ ।