ताप्लेजुङ, ताप्लेजुङमा जारी पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिताको उपाधिका लागि मिक्वाखोला र पाथीभरा याङ्वरक गाउँपालिका भिड्ने भएका छन् ।

शनिबार नै सम्पन्न पहिलो सेमिफाइनलमा पाथीभरा याङ्वरकले सिदिङ्वालाई २५–१५, २५–१९ र २५–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । सिदिङवा डिफेन्डिङ च्याम्पियन समेत हो ।

दोस्रो सेमिफाइनलमा मिक्वाखोलाले सिरीजंघा गाउँपालिकालाई २६–२८, २६–२४, २५–११, २३–२५ र १५–११ को सेटमा स्तब्ध बनाएको क्षेत्रिय रेफ्रि प्रेमाहित लिम्बुले जानकारी दिए ।

पहिलो र चौथौ सेट जितेपनि अरु सेटमा सम्हालिन नसक्दा राम्रो खेल प्रदर्शन गरेको सिरीजंघा हार ब्यहोर्न बाध्य बन्यो । फुङलिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल आइतबार १० बजे हुनेछ ।

बिजेताले २ लाख २१ हजार र उप–विजेताले १ लाख ११ हजार प्राप्त गर्ने खेल संयोजक पदमसुन्दर पालुङ्वाले बताए । फुङलिङ बजारस्थित भिमकाली गुल्मको मैदानमा भएको प्रगियोगितामा जिल्लामा ८ स्थानीय तहले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय