२० मंसिर, ताप्लेजुङ । ताप्लेजुङ स्थित तमोर नदिबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गर्न आवस्यक पक्रिया अघि बढेको छ । सन २०२२ मा सम्पन्न गर्ने लक्ष सहित निर्माणका क्रममा रहेको आयोजनाबाट उत्पादित ७३ मेगावाट विद्युत मैवाखोला गाउँपालिकामा पर्ने ढुंगेसाँघु स्थित सबस्टेशनमा जडान गरि केन्द्रीय प्रशारणलाईनमा समाहित गर्न प्रारम्भिक बातावरणीय परिक्षण सम्पन्न भएको छ ।

आयोजनाको प्रर्वद्धक संस्था सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले मध्य तमोर २२० केभी विद्युत प्रशारण लाईन आयोजनाका लागि प्रारम्भिक बातावरणीय परिक्षणको कार्य सम्पन्न गरि थप पक्रिया अघि बढेको जनाएको हो । विहिबार सदरमुकाम फुङलिङमा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरि परामर्सदाता कम्पनी मार्फत प्रारम्भिक बातावरणीय परिक्षण सम्पन्न गरि बाँकि कामलाई अघि बढाईएको प्रर्वद्धक कम्पनीले जनाएको छ । आयोजना निर्माण गर्न २०७४ साल असार ७ गते विद्युत प्रशारणको सर्वेक्षण अनुमति प्राप्त भएको थियो ।

परिक्षण प्रतिवेदनका अनुसार २२० केभी डबल सर्किट प्रशारण लाईन मिक्वाखोला गाउँपालिका २ थुम्वाबेँसीमा बनाईने विद्युत गृहको स्विचयार्डबाट सुरु भई फुङलिङ नगरपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका हुँदै नेपाल विद्युत प्राधिकरणको सबस्टेशन रहेको मैवाखोला गाउँपालिका सम्म पु¥याईने छ । यो प्रशारण लाईनको दुरी ९ किलोमीटर हुने र २४ वटा टावरहरु निर्माण गरिने छ ।

यस्तै टावरबीचको औसत दुरी ३५० मीटर रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाका लागि २० करोडको लागत अनुमान गरिएको छ । यस्तै प्रति वर्ष करिब ४२९.१७ मेगावाट घण्टा विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा समाहित हुन सक्ने प्रतिवेदनको निस्कर्ष छ । कुल १२ अर्व ६८ करोड रुपैँया बराबरको लागतमा आयोजना सम्पन्न हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय