
चैत्र १० काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दाबी गर्दै आफूहरु नतर्सिएको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले सोधेको स्पष्टीकरणबा नतर्सिएको भन्दै उनले आफूहरु मैदान नछाड्ने बताए । केपी ओलीले पार्टी फुटाए पनि आफूहरुले नफुटाउने दाबी पनि गरे ।
अब पार्टी संगठन बनाउन आफू ७७ वटै जिल्लामा पुग्ने उनले बताए ।
केपी ओली हिटलरको नेपाली अवतार भएको टिप्पणी गर्दै नेपालले ओलीले कम्युनिष्ट आन्दोलन विसर्जनतिर लगेको बताए ।