जिल्ला अदालत सुर्खेतले ब’लात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कै’द सजाय सुनाएको छ। जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

अदालत स्राेतकाअनुसार आफूमाथि ब’लात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन्।

झुठो जाहेरी दिएर व्यक्तिकाे मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको हो, ‘श्रेष्तेदार यामप्रसाद बास्कोटाले भने, ‘कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेका छौं।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!