ताप्लेजुङ । ताप्लेजुङको फुङलङ नगरपालिका–५ उकालिपानीमा बिहीबार दिउँसो आगला´गीबाट एक घर ज´लेर नष्ट भएको छ। सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर ज´लेको हो । नगरपालिकाको दमकल र नेपाल प्र´हरीले आ´गो नियन्त्रणमा लिएका छन् । घर भने पूर्णरुपमा ज´लेको नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आग´लागीमा ८० हजार नगद, ३० हजार रुपैयाँ बराबरको भाँडाकुडा लत्ताकपडा र १ लाख ५० हजार रुपैयाँ बराबरको घर क्षति भएको छ ।

बिहान खाना पकाउन बालेको आ´गो ननिभाएका कारण आग´लागी भएको पीडित लिम्बुले बताए ।’खाना बनाउन फुकेको आ+गो ननिभाइकन काममा निस्किएको थिएँ,’ उनले भने,‘सधैं आफै निभ्थ्यो । आज चाहिँ फैलिएर घरै ज´ल्यो ।’ घरमा उनी एक्लै बस्दै आएका थिए ।
:फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय