महाशिवरात्रिको दिन हाम्रो जीवनमा कुनै आध्यात्मिक अभ्यास नभए पनि उर्जा माथि जान्छ। तर विशेष गरी योगी ध्यानाकर्षण गर्ने व्यक्तिको लागि यो धेरै महत्त्वपूर्ण छ कि उनीहरूको शरीरलाई सिधा अवस्थामा राख्नुपर्दछ, वा यस रात सुत्नु हुँदैन।

त्यस्ता व्यक्तिहरूको लागि महाशिवरात्रि एकदम महत्त्वपूर्ण छ, जो आध्यात्मिक मार्गमा छन्। यो दिन महत्वाकांक्षा भएका र गृहस्थ जीवनमा रहेका व्यक्तिहरुको लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । गृहस्थ जीवनमा रहेका व्यक्तिहरु शिवको विवाहको वार्षिकोत्सवको रूपमा महाशिवरात्रि मनाउँछन्।

महत्वाकांक्षी मानिसहरूले यसलाई त्यस दिनको रूपमा मान्दछन् जब शिवले आफ्ना शत्रुहरूलाई जित्नुभयो।
तर योगिक परम्परामा हामी शिवलाई ईश्वरको रूपमा देख्दैनौं, तर योगिक प्रक्रिया सुरु गर्ने पहिलो गुरु वा आदि गुरुको रूपमा देख्छौं।

‘शिव’ को अर्थ ‘त्यो जुन कुरा छैन’ हो। यदि तपाईं आफूलाई यस्तो अवस्थामा राख्न सक्नुहुन्छ कि तपाईं, तपाईं आफु रहनुहुन्न र शिवलाई हुन दिनुहुन्छ, त्यसोभए जीवनमा नयाँ दर्शन ल्याउने र जीवनलाई पूर्ण स्पष्टसँग देख्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!