
कैलाली । कैलालीको धनगढीमा नेकपा (एमाले)का नेता भीम रावलको नेम प्लेट हटाएर लेखराज भट्टको राख्न खोज्दा दुई समूहबीच कुटा’कुट भएको छ । बुधवार प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा वि’वाद हुँदा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटा’कुट भएको हो।
एमालेको प्रदेश कार्यालय रहेको भवनमा नेकपाको बोर्ड हटाएर एमालेको टाँस्ने कार्यक्रम थियो। सोहि कार्यक्रम अनुसार बिहानै माधव नेपाल पक्षधर समूहले आफूले छापेर ल्याएको ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कार्यालय’ लेखेको ब्यानर टाँसेस्नुका साथै प्रदेश इन्चार्जको कार्यकक्षको ढोकानेर भीम रावलको नेमप्लेटमा राखेका थिए।
त्यसको केहि समयपछि दिउँसो ओली पक्षका नेताकार्यकर्ताले नेपाल पक्षले टाँसेको ब्यानर हटाएर आफूले छापेको ब्यानर टाँसेर रावलको नेमप्लेट हटाएर सोहि ठाउँमा लेखराज भट्टको नेमप्लेट टाँसे।
लगत्तै नेपाल पक्षधरले रावलको नाम हटाएर भट्टको लेखेको भन्दै नेमप्लेट निकालेपछि दुई पक्षबीच वि’वाद भएको हो।
नेपाल पक्षधर नेता तथा कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले ओली पक्षले भीम रावलको नाम हटाएर लेखराज भट्टको नाम प्रदेश इन्चार्जको नेमप्लेटमा लेखेपछि कार्यकर्ताले आ’क्रोशित भई कुटपिट गरेको बताए । पछि प्र’हरी आएपछि घ’टना साम्य भएको थियो ।
ओली पक्षका नेता तथा प्रदेश सभाका सदस्य पठानसिंह बोहराले पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाउने कार्यक्रममा वि’वाद भएको बताए।
‘त्यो कार्यक्रममा आएर केहीले अफिसमा नेमप्लेट फोड्ने, तोड’फोड गर्ने गर्नुभएछ, त्यसै विषयलाई लिएर हात हालाहाल भएको हो,’ उनले भने।
बोहराले पार्टीको केन्द्रीय कमिटीले लेखराज भट्टलाई प्रदेशको इन्चार्ज तोकेर जिम्मेवारी दिएको हुनाले नेमप्लेटमा उनको नाम लेखिएको बताए।
यसअघि तत्कालीन नेकपाको वि’वाद उत्कर्षमा पुगेका बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो।