काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले संसद, सरकार र राजनीतिक प्रक्रियाको विषयमा अन्य राजानीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग संसद सञ्चालन, सरकार र अगामी राजनीतिक प्रक्रियाको सन्दर्भमा वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

नेकपा (एमाले)सँग पनि छलफल हुनसक्ने बताउँदै प्रवक्ता नारायणकाी श्रेष्ठले मुख्य जोड प्रतिपक्षीसँगको वार्ताको लागि हुने जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टीको सकारात्मक काम र अहिलेको परिस्थितिको सन्दर्भमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ भने चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीले सरकारमा रहेको पार्टीका सांसदहरूले पछिल्लो परिस्थितिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सांसदहरुले आफ्नो धारणा तय गरेपछि पार्टीेले आफ्नो निर्णय लिने उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले बैठकमा नेकपा एमालेको सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा कुनै पनि निर्णय नगरेको जानकारी दिनुभयो । सञ्चारकर्मीको प्रश्नमा उहाँले पार्टीले सरकारको समर्थको विषयमा कुनै पनि निर्णय नगरेको बताउँदै अन्य दलहरुसँगको छलफलपछि पार्टीले उचित कदम चाल्ने बताउनुभयो ।

पार्टीको स्थायी समिति बैठक बुधबार बिहान ११ बजे पनि बस्नेछ । imagekhabar

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय