
नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने भएको छ । पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए । यद्यपि, अहिले नै समर्थन फिर्ता लिने बारे भने कुनै निर्णय नभएको जानकारी दिए ।
आजको बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको छ ।