सर्वोच्च अदालतले आज नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा रहेको फैसला गरेपछि मुलुकको राजनीतिक परिदृश्य नै बदलिएको छ।

सर्वोच्चको फैसलाले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको नेकपाको अस्तित्व खारेज गरेको छ।

फैसलाले उनीहरूको पार्टी पूर्ववत् अवस्थामा फर्काइदिएको छ। ओली नेतृत्वको पूर्वएमाले र प्रचण्ड नेतृत्वको पूर्वमाओवादी अब अस्तित्वमा आउने देखिन्छ।

देशको राजनीति नै बदल्ने गरी सर्वोच्चमा मुद्दा दिने व्यक्ति हुन्- ऋषि कट्टेल। उनले नेपाल कम्युनिष्ट पार्टी २०६९ मा निर्वाचन आयोगमा दर्ता गरेर निर्वाचनमा भागसमेत लिइसकेका थिए।

ओली र प्रचण्डले २०७५ जेठमा पार्टी एकता गर्दा नाम नेकपा राखेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दिएका थिए। २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण गरी नेकपा घोषणा गरिएको थियो। तर आफूले पहिलेनै दर्ता गरिसकेको नाम लिन नपाउने भन्दै कट्टेलले विरोध गरेपछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नाममा ओली-प्रचण्डले २०७५ जेठ २३ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए।

आयोगको उक्त निर्णयविरूद्ध कट्टेल सर्वोच्च अदालत गएका थिए। उनी सर्वोच्च गएको दुई वर्षमा सर्वोच्चले फैसला गर्दै नेकपा नाम कट्टेलको भएको बताएको छ।

कट्टेल पूराना कम्युनिष्ट नेता हुन्। उनी २०४७ सालमै एमाले गोरखा जिल्ला प्रमुख थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए।

उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै बाचश्पति र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए। बाचश्पति र कट्टेलको घर गोरखा हो। आँबुखैरेनीबाट गोरखा २४ किमीको दूरीमा छ।

महासचिव भण्डारी र आश्रित भने पार्टीको कार्यक्रममा भाग लिन चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो।

यसबीचमा कट्टेल माले, एमालेमा सक्रिय रहेका थिए। २०५८ सालमा सिपी मैनाली महासचिव भएको मालेमा उनी नेता थिए। त्यसपछि उनले २०६९ मा नेकपा गठन गरेका थिए। Setopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय