२३ फल्गुन, ताप्लेजुङ।
गत एक साता अगाडि ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा आगलागीका कारण ४९ घर बिस्थापित भएसङै अहिले राहत संकलन गर्ने कार्य सबै संघसस्थाबाट भइ रहेको छ। यसै सन्दर्भमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ ले दोभान बासी अग्नि पीडितहरुको सहयोगार्थ मेरिङ्देन गाउँपालिकाको कर्मचारी र स्थानीय क्लब श्री तान्छोपा साम्जुङ युक्फुङ मेरिङ्देन ४ दिङ्ला बिच मैत्रीपुर्ण फुटबल खेल शनिबार सम्पन्न भएको देउमान लङ्वाले जानकारी दिनु भएको छ । मेरिङ्देन ४ दिङ्ला खेल मैदानमा खेलिएको उक्त खेलमा मेरिङ्देन गाउँ पालिका कर्मचारीबाट २ गोल र श्री तान्छोपा साम्जुङ युक्फुङबाट ४ गोल लगाइ स्थानीय क्लब बिजयी बनेको थियो। खेलबाट
संकलित रकम रु २०,००० (बीस हजार रुपैया) आज आइतबार एक कार्यक्रम बिच मेरिङ्देन गाउँपालिकालाइ हस्तान्तरण गर्ने लङ्वाले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय