मङ्सिर ८, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुग्नुभएको छ। घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आएका आउनुभएको हो।घुन्सावासीले ओलीलाई स्वागत गरेका छन्।

फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्। प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि आएका छन्।

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमालि बस्ती हो। प्रधानमन्त्री आएपछि यहाँ विकासले गति लिने र पर्यटन प्रवर्द्धन हुनेमा स्थानीय आशावादी छन्। यसका साथै यहाँका बासिन्दाले स्थायी स्वास्थ्य चौकीको माग गरेको स्थानीय दिपक शेर्पाले बताए ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम जाने कार्यक्रम भएपनि ओली ताप्लेजुङको घुन्सा पुगेर सोझै विराटनगर पुगेका छन् । प्रधानमन्त्री आउने तय भएको इलामको माइजोगमाईको जौबारीमा इलाम र झापाका पत्रकारहरु र नेकपाका कार्यकर्ताहरु जौबारी पुगेका थिए । । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय