
ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्। घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटनका लागि सोमबार घुन्सा आएका हुन्।
घुन्सावासीले ओलीलाई स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवाश नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि पुगेका हुन्।
घुन्सा आउनुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सिमानाका ओलाङ्चुङगोला र त्यहाँ केहि समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्ट (बिओपी) को हवाई निरीक्षण गरेका थिए। घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमाली बस्ती हो। घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ। इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।