ल्होसार महत्व कायम राख्न र पर्यटकीयस्थल प्रचारप्रसार तथा बजार चलायमान गर्न मदत
ताप्लेजुङ, पुस २९ गते । जिल्ला सदरमुकाममा पुस १५ गते सम्पन्न तमू ल्होसार आयोजक समितिले १ लाख ७० हजार ५ सय आठ रुपैयाँ बचत गरेको छ । नेपाल पत्रकार महासँघको हलमा आयोजक समितिद्धारा शुक्रबार आयोजित ल्होसार आय–व्यय सार्वजनिक तथा समिक्षा कार्यक्रममा १ लाख ७० हजार ५ सय आठ रुपैयाँ बचत गरेको जनाएको छ । कार्यक्रममा १८ लाख ५९ हजार १ सय ३६ रुपैयाँ संकलन भएको तमू ल्होसार मुल आयोजक समिति कोषअध्यक्ष याम कुमार गुरुङ (गोरे) ले जानकारी दिए । १६ लाख ८८ हजार ६ सय २८ रुपैयाँ खर्च भएको कोषअध्यक्ष गुरुङले बताए । उक्त आयव्ययलाई भेलाले पारित गरेको छ ।

देश विदेशमा रहेका गुरुङ र गैर गुरुङ,फुङलिङ नगरपालिका,नगरपालिकाअन्तर्गतका वडा,जनप्रतिनिधि,व्यवसायी र शुभेच्छुकबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको कोषअध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । आयोजक समितिका सहसंयोजक ललित गुरुङका अनुसार केही रकम वडा कार्यालयबाट स्विकृत भएर भुक्तानी हुन मात्र बाँकी छ । सहसंयोजक गुरुङले भने,‘कागजात पुरा गरेका छौ । भुक्तानी हुन केही समय लाग्छ भनेकाले पर्खेका छौ ।’ बचत रकम सिद्धार्थ बैकमा खोलिएको ‘तमू ल्होसार मूल आयोजक समिति’ खातामा जम्मा गर्ने निर्णय गरेको छ ।

ल्होसार पर्वमा सहभागी राष्ट्रिय तथा स्थानिय कलाकारमार्फत ताप्लेजुङका पर्यटकीयस्थलको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास लिएको छ । अग्रज यीगेन्द्र कुमार गुरुङले भने,‘ल्होसार पर्व एकताको पर्व हो । पर्वको महत्व बुझाउन र बजार चलायन गराउन पायक पर्ने ठाउँमा कार्यक्रम गरेका हौ ।’ गुम्बा आफैमा पवित्र हो र कार्यक्रम गर्दा फोहोर हुने भएकाले फराकिलो ठाउँमा कार्यक्रमस्थल चयन गरिएको हो । ल्होसार कार्यक्रम वर्षेनी तोक्मेडाँडास्थित नेपाल सेना (हाल श्री भिमकाली गुल्म)को मैदानमा गर्ने गरेको छ । ल्होसारमा शुभकामना आदानप्रदान गर्ने,खुल्ला ठाउँमा जम्मा भएर नाचगान तथा सामूहिक भोजन गर्ने तथा रचनात्मक कार्यक्रम गर्ने चलन छ ।

ल्होसारमा पुरुष भलिबल,महिला तथा पुरुष ब्याडमिन्टन,महिला दौड तथा पुरुष हाफ म्याराथन,छेलो,धनुषकाण,म्यूजिकल चियर र बुद्धिचाल प्रतियोगीता संञ्चालन भएको थियो । ‘अग्रजलाई सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहन’ कार्यक्रमअन्तर्गत २०७८ मा एसईईमा जिल्ला प्रथम तथा सामुदायिक र निजी विद्यालयबाट प्रथम र दोश्रो भएका छात्र÷छात्रालाई सम्मान गरेको थियो । यसैगरि समुदाय तथा सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ ।

सबै जातजाति तथा समूह ल्होसारमा जमघट हुने र आपसी सदभाव र धार्मिक साहिष्णुता कायम गर्न सहयोग पुगेको झाँकी र्याली संयोजक विनोद गुरुङले बताए । खेलकुद विद्याका संयोजक मणि गुरुङले ल्होसारमा धेरे खेलकुदका विद्या समावेश गर्नु आफैमा चुनौतीपुर्ण भएतापनि ‘टिम वर्क’ बाट सम्पन्न गर्न सफल भएको अनुभव सुनाए । स्टल संयोजक तथा होटल इकोका प्रो. रमेश गुरुङले राखिएका सवै स्टलले राम्रो कारोवार गरेको बताए । गुरुङले भने,‘आउँदो वर्षमा स्टलमा जातिय परिकार बढाउनुपर्ने सुझाव पाएका छौ । आर्गनिक र विभिन्न स्वादको परिकार थप गर्ने सल्लाह मनन गरेका छौ ।’ सांस्कृतिक विभागका संयोजक हर्कराज गुरुङले ल्होसारमा प्रस्तुतीका लागि अत्यधिक कलाकार हुनु गौरवको कुरा भएको अनुभव सुनाए । गुरुङले भने,‘३०÷४० वटा नृत्य पनि हुन्छ । राष्ट्रिय र स्थानिय कलाकारको गायन पनि हुन्छ । बिच बिचमा स्टेजमा अरु कार्यक्रम पनि हुन्छ । व्यवस्थापन गर्न हम्मे–हम्मे पर्छ ।’ बुद्धिचाल प्रतियोगीताको नेतृत्व गरेका राज कुमार गुरुङले भावि दिनमा ल्होसार कसरी गर्ने भन्नेमा अब छुट्टै छलफल तथा तयारी थाल्नुपर्ने धारणा व्यक्त गरे । उनले भने,‘पर्वको साख पनि जोगाउनु छ । कार्यक्रम पनि व्यापक गर्नु पर्छ ।’ नेपाल रेडक्रस सोसाइटीका सभापति समेत रहेका ईन्द्र बहादुर गुरुङले कार्यक्रम गर्न सक्नु नै उपलब्धि भएको बताए । गुरुङले भने,‘भन्न सजिलो हुन्छ । तर फिल्डमा काम गर्न सजिलो छैन् । तैपनी व्यवस्थित तरिकाले गर्न सफल भयौ ।’

तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका कार्यवहाक अध्यक्ष गंगाराम गुरुङले ल्होसारमा बजार तथा जिल्लाबासी र देश विदेशबाट भएको सहयोगले कार्यक्रम गर्न हौसाएको अनुभव सुनाए । आयोजक समिति संयोजक राजन गुरुङले कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्ने सबैको प्रशंसागर्दै भविष्यमा अझ व्यापक कार्यक्रम गर्न प्रेरणा मिलेको बताए । संयोजक गुरुङले भने,‘सहयोगदाता सबैको नाम लिन संम्भव नहोला । ४ सय ९१ जना छौ । गच्छेअनुसार सहयोग पायौ । सबैप्रति आभारी छौ ।’ आगामी वर्ष ल्होसार कार्यक्रमलाई थप परिष्कृत गर्दै अझ रचनात्मक बनाउने सबैले ऐक्यबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय