
फाल्गुन ३, ताप्लेजुङ ।
लोकतान्त्रिक सन्कार र पद्धतिका लागि प्रजातान्त्रिक बिचार समाज ताप्लेजुङले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारलाई जिल्ला प्रशासन कार्यालय मार्फत बिरोध पत्र सोमबार बुझाएको छ। समाज अध्यक्ष डिल्लीरमण बरालको संयोजकत्वमा उक्त बिरोध पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंलाई बुझाइएको हो। केन्द्रको सर्कुलरमा देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय बिरोध पत्र बुझाइएको केन्द्रका अध्यक्ष डा. केदारसिङ के. शि. ले जानकारी दिनुभएको छ।