काठमाडौ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द गराउदै हिड्ने क्रममा कैलालीको टीकापुरबाट त्यहाँको नगर इन्चार्जसहित तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लब समुहले धर्मेन्द्र बास्तोला कञ्चनसहित पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभर बन्दको आह्वान गरेको त्यसक्रममा बन्द गराउदै हिडेका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।
कैलालीमा बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्‍याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी, अत्तरिया लगायतका बजारहरु भने बन्द रहेका छन्।

केही दिन अघि प्रतिबन्धित चन्द समुहका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका थिए । प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई ललितपुरबाट पक्राउ गरेका थियो ।

उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेका थिए। उनीहरुको रिहाइको माग गर्दै नेपाल बन्द गरेको सो समूहले शनिवार विहान काभ्रेको मंगलटारमा कुकर बम राखेको थियो भने मकवानपुरमा एउटा गाडीमा आगजनी गरेको थियो। DC Nepal

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय