ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङले सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै अस्पतालमा पहिलोपटक QR Payment सेवा सञ्चालनमा ल्याएको छ।

नगद बोकेर अस्पताल आउनुपर्ने बाध्यता हटाउँदै विशेषगरी टाढाबाट आएका, साथमा नगद नभएका तथा रातिको समयमा आकस्मिक रूपमा अस्पताल पुग्ने बिरामी तथा सेवाग्राहीलाई यो सेवाले सहज हुने अपेक्षा गरिएको छ।

सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम अस्पतालमा QR Payment सेवा सञ्चालनमा ल्याउन सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिप्रति अस्पतालले आभार व्यक्त गरेको छ। अस्पतालले विशेषगरी कोष तथा लेखा नियन्त्रक कार्यालय (को.ले.नि.का.) ताप्लेजुङका प्रमुख यम गिरी, नेपाल बैंक लिमिटेड ताप्लेजुङ र नेपाल राष्ट्र बैंक, काठमाडौंप्रति धन्यवाद व्यक्त गरेको छ।

अस्पतालका अनुसार QR Payment सेवा हाल सुरुवाती चरणमा रहेकाले अत्यावश्यक अवस्थामा मात्र यसको प्रयोग गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।

अस्पतालले डिजिटल भुक्तानी प्रणालीको सुरुवातसँगै सेवाग्राहीलाई थप सहज, सरल र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!